प्रभु साहले ‘राजनीतिक स्टन्ट’का लागि प्रधानमन्त्रीलाई प्रश्न गरेः बर्तौला
आइतबार, ०४ फागुन २०८१, १७ : ३१
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सांसद प्रभु साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरी प्रश्न गरेकाले जवाफ नदिइएको बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले राजनीतिक स्टन्ट र पपुलिष्ट हुनका लागि सांसद साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरी प्रश्न गरेको आरोप लगाए ।
बर्तौलाले प्रश्न सोध्दा सांसद साहले शोभनीय ढंगले प्रस्तुत नभएको र संसदको नियमावलीको विपरीत प्रश्न सोधको दाबी गरे । यस विषयमा संसदको आगामी कार्य व्यवस्था परामर्श समिति बैठकमा गम्भीरतापूर्वक छलफल गर्ने उनले बताए ।
उनले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरलाई थप प्रभावकारी बनाइने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण