प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा, कस्तो छ पौडेल र आचार्यको अवस्था ?
आइतबार, ०४ फागुन २०८१, १८ : ०३

काठमाडौँ । शनिबार पोखरामा बेलुन विस्फोटको घटनामा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।
प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।
अस्पतालका अनुसार पौडेल र आचार्यको अवस्था सामान्य छ । तर, संक्रमण हुनसक्ने खतरालाई ध्यानमा राखेर भेटघाट भने बन्द गरिरहेको छ ।
यसअघि आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल पनि अस्पताल पुगेका थिए ।