बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

भूकम्पबाट क्षति पुगेका निजी घरहरूको विस्तृत क्षति आकलन थालियो

आइतबार, ०४ फागुन २०८१, १९ : ०७
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरूको पुनर्निर्माणका लागि विस्तृत क्षति आकलन गर्न प्राविधिकसहितको टोली जाजरकोट र रुकुम पश्चिम पुगेको छ । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिवहरू वेदनिधि खनाल, सुदीप विक्रम भट्ट र रामबहादुर केसीसहितको टोलीले आइतबार जाजरकोट पुगेर त्यहाँका स्थानीय पालिका, सहरी विकास मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट खटिएका इन्जिनियरहरूलाई तालिम दिएको छ । 

उनीहरू मंगलबारदेखि फिल्डमा खटिनेछन् । यसैगरी रुकुम पश्चिममा पर्सि र निपर्सि तालिम सम्पन्न गरी टोली फिल्डमा खटिनेछ । यसपछि रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा तालिम सम्पन्न गरी अर्को टोली त्यहाँको विस्तृत क्षति आकलन गर्न खटिने उपसचिव भट्टले जानकारी दिए । 

पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको प्राविधिक टोलीले पनि आइतबारदेखि जाजरकोटको भेरी नगरपालिका र नलगाढ नगरपालिकाका विभिन्न वडाहरूमा विस्तृत क्षति आकलन सुरु गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप