‘योगमाया सखी’ बनेकी जेरी भन्छिन्– ‘केही तर अर्थपूर्ण गीत दिन्छु’
सोमबार, ०५ फागुन २०८१, १० : ५५
काठमाडौँ । लोकदोहोरी गायिका बबिता बानिया (जेरी)ले आफु गीत संगीतबाट टाढा नरहने बताएकी छन् । अबका दिनमा पहिले जति धेरै गीत संगीत दिन नसके पनि केही अर्थपूर्ण गीतहरु हरेक बर्ष दिने उनको भनाई छ ।
हालै राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गीत संगीतबाटै पहिले आफ्नो परिचय बनेको भन्दै आफ्नो धरातल बिर्सन नसक्ने धारणा राखेकी छन् ।
‘मैले जुन क्षेत्रमा संघर्ष गरेर, दर्शक श्रोताको मनमुटुमा बसेर यो परिचय बनाए । यो पहिचानले मलाई नयाँ क्षेत्रको यात्रा तय गरिदिएको छ’, उनले भनिन्– ‘लोकगीत संगीतको यात्रा पनि निरन्तर रहनेछ ।’ उनले १२ बर्ष लोक गीत संगीतको क्षेत्रमा सक्दो योगदान दिएको उल्लेख गर्दै अहिलेसम्म साथ र सपोटका लागि सबैमा आभार ब्यक्त गरिन् ।
जेरीले पछिल्लो समय अध्यात्मको बाटो रोजेकी छन् । उनले जेरीबाट आफ्नो नाम ‘योगमाया सखी’ राखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण