राष्ट्रपति रनिङ शिल्डलाई बजेट नदिएर संघीयताको अपमान गरियो : मन्त्री महर्जन
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई बजेट विनियोजन नगरेर गणतन्त्र र संघीयताको अपमान गरेको बताएका छन् । सोमबार सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलाडी उत्पादन र खेलकुद क्षेत्र विकासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्त्वपूर्ण रहेको बताए ।
प्रत्येक वर्ष सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई महत्वका साथ अघि बढाउनु पर्ने उनले बताए । प्रदेश सरकारले पनि उक्त प्रतियोगिता सञ्चालन गर्न १३ जिल्लाको लागि १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको उनको भनाई छ । प्रदेश सरकारको बजेटमा खेलाडी र खेलप्रेमीहरुको अपमान हुनेगरी बजेट विनियोजन भएको उनले बताए ।
जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा सोमबारदेखि सुरु भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराते तेक्वान्दो उसु, बक्सिङ फुटबल भलिबल कबड्डी लगायत १३ खेलले सहभागिता रहेको छ । प्रतियोगितामा ३ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण