चलचित्र 'यो मन त मेरो नेपाली हो' को प्रदर्शन मिति घोषणा
काठमाडौँ । चलचित्र 'यो मन त मेरो नेपाली हो' को प्रदर्शन मिति घोषणा गरिएको छ ।चलचित्रका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले चलचित्र २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका हुन्। चलचित्रलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ ।
चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भूपेन्द्र लिङ्देन “मन्त्री”,सुवास भण्डारी,विजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।
अमेरीकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको चलचित्र ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ।
चलचित्रमा दीपक शर्मा ,विकास चौधरी र तोरम्पा हाङ राईको संगीत ,सौरभ लामाको छायाङ्कन ,बनिश शाहको सम्पादन , देव महर्जनको द्वन्द्व ,रेनिश फागोको कलरिस्ट , कविराज गहतराज र प्रमोद भण्डारी को कोरियोग्राफी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण