सुन्दरहरैँचामा गुन्जिए दीपक बज्राचार्य

काठमाडौँ । गायक दीपक बज्राचार्य र उनको रिदम ब्यान्डले मोरङको सुन्दरहरैँचा स्थित विराटचोकमा अर्को सांगीतिक प्रस्तुति दिएको छ । विराटचोकमा सञ्चालन भइरहेको ‘विराट एक्स्पो’को अवसर पारेर दीपक सहित टिमको प्रस्तुति आयोजना भएको थियो ।
कार्यक्रममा गायक दीपक र ब्यान्डले करिब २ घण्टा आफ्ना नयाँ र पुरानो गीतहरूले दर्शक नचाउन सफल रहे । कार्यक्रममा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गरिएको थियो ।
करिब दश हजार दर्शकमाझ राति ९ बजे सुरु भएको दीपकले आफ्नो प्रस्तुति ‘म त हावा सँगै आउँछु’ बोलको गीतबाट सुरु गरेका थिए । उनले ११ बजेसम्म ननस्टप गीत गाइरहे । उनको हरेक गीतमा दर्शकको तर्फबाट हुटिङ निरन्तरता रहेको थियो ।
सार्वजनिक शौचालय निर्माणको लागि रकम जुटाउन ‘विराट एक्स्पो’को आयोजना भएको थियो । दीपक ब्यान्ड सहित केही दिन अघि ‘भ्यालेन्टाइन्स डे’मा पाँचथरको फिदिममा प्रस्तुत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत