सुन्दरहरैँचामा गुन्जिए दीपक बज्राचार्य
काठमाडौँ । गायक दीपक बज्राचार्य र उनको रिदम ब्यान्डले मोरङको सुन्दरहरैँचा स्थित विराटचोकमा अर्को सांगीतिक प्रस्तुति दिएको छ । विराटचोकमा सञ्चालन भइरहेको ‘विराट एक्स्पो’को अवसर पारेर दीपक सहित टिमको प्रस्तुति आयोजना भएको थियो ।
कार्यक्रममा गायक दीपक र ब्यान्डले करिब २ घण्टा आफ्ना नयाँ र पुरानो गीतहरूले दर्शक नचाउन सफल रहे । कार्यक्रममा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गरिएको थियो ।
करिब दश हजार दर्शकमाझ राति ९ बजे सुरु भएको दीपकले आफ्नो प्रस्तुति ‘म त हावा सँगै आउँछु’ बोलको गीतबाट सुरु गरेका थिए । उनले ११ बजेसम्म ननस्टप गीत गाइरहे । उनको हरेक गीतमा दर्शकको तर्फबाट हुटिङ निरन्तरता रहेको थियो ।
सार्वजनिक शौचालय निर्माणको लागि रकम जुटाउन ‘विराट एक्स्पो’को आयोजना भएको थियो । दीपक ब्यान्ड सहित केही दिन अघि ‘भ्यालेन्टाइन्स डे’मा पाँचथरको फिदिममा प्रस्तुत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण