प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छन् : महासचिव पोखरेल
दाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालमा प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा निर्माण सुरु गरिएको सभाहलको आज शिलान्यास गर्दै उनले प्राविधिक शिक्षालयमा लगानी वृद्धि गर्नुपर्ने बताए । उनले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
महासचिव पोखरेलले विकसित मुलुकहरूमा प्राविधिक शिक्षामा पहुँच र आकर्षण दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै नेपालमा पनि सोही अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले साधारण शिक्षाभन्दा प्राविधिक शिक्षाले सीप सहितको जनशक्ति उत्पादन हुने बताए ।
कार्यक्रममा मेट्रो कलेजका निवर्तमान अध्यक्ष एवं तुलसीपुरका पूर्वनगरप्रमुख घनश्याम पाण्डेले कलेजको सुरुआत गर्दा नै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको बताए । उनले गुरुयोजनाअनुसार विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्नसक्ने बृहत् सभाहलको निर्माण थालिएको जानकारी गराए ।
कलेज सञ्चालक समितिका अध्यक्ष एवं उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्दै कानुन, वन विज्ञान, कृषिलगायत विभिन्न प्राविधिक विषयमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । सो कलेजमा दाङलगायत छिमेकी जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आएका उनले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)
-
‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौड प्रकरण : अल्लू अर्जुनलाई आफै अदालतमा उपस्थित हुन आदेश
-
नेटफ्लिक्सले समय रैनाको ‘इन्डियाज गट लेटन्ट’ ल्याउँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायक
-
ऋषभ पन्त पारिश्रमिक घटाएर दिल्ली क्यापिटल्स फर्किँदै, कुलदीप यादव लखनउ जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण