सार्कले टोक्दा महिलाले गुमाइन् दुवै हात
टोरोन्टो । क्यानडामा एक जना महिलाले आफ्नो दुवै हात गुमाएकी छन् । टक्र्स एन्ड काइकोज टापुको तटमा ६ फुट लामो सार्कसँग फोटो खिच्ने कोसिस गरिरहँदा यो घटना भएको बताइएको छ । महिला रोए कराएको आवाज सुनेपछि महिलाको पती दौडिएर उनी भएको ठाउँमा पुगेका थिए । उनले बल्लतल्ल सार्कलाई धपाएर पत्नीलाई किनारामा ल्याए । यतिबेलासम्म महिलाको दुवै हातमा निकै क्षतविक्षत भइसकेको समाचारमा जनाइएको छ ।
आक्रमण फेब्रुअरी ७ मा भएको भन्दै ओडिटी सेन्ट्रलले समाचार छापेको छ । टापु छाड्नु अघि महिलाको त्यहीको एउटा अस्पतालमा सामान्य उपचार भएको थियो । पछि उनलाई अन्तै अस्पताल लगियो ।
तर डाक्टरहरूले महिलाको दुवै हात जोगाउन सकेनन् । दुवै काटेर फ्याँक्नु पर्यो । टापुको वातावरण विभागले जारी गरेको विज्ञप्तिका अनुसार महिलाले फोटो खिच्नका लागि शार्कलाई बोलाइरहेकी थिइन् ।
क्यारेबियनमा उपचार गरेपछि थप उपचारका लागि महिलालाई क्यानडा पठाइएको थियो । सार्कले हत्तपत्त मान्छेलाई आक्रमण भने गर्दैनन् । महिलाको स्मार्टफोनका कारण शार्कले आक्रमण गरेको हुन सक्ने न्यूयोर्कका मछुवारा तथा संरक्षणविद् क्रिस स्टेनफानोउले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण