बागमती गोल्डकप : थ्री स्टार सेमिफाइनलमा
हेटौडा । बागमती गोल्डकप अन्तर्गत मंगलबार भएको क्वाटर फाइनल खेलमा थ्री स्टार क्लब विजयी भएको छ । सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेल जित्दै थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा खेलमा हिमालयन शेर्पा क्लबलाई ४–० गोलले हराउँदै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । थ्री स्टारको जीतमा खेलको ३ मिनेटमा नै सुशील राईले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । थ्री स्टारका लागि खेलको १७ औँ मिनेटमा नविन लामाले गोल गरेसँगै अग्रता दोब्बर भएको थियो ।
दोस्रो गोल आएको केही मिनेटमा नै हिमालयन शेर्पाको पोष्टमा विदेशी खेलाडी फोफनाले थप एक गोल गरे । फोफनाले खेलको २४ औँ मिनेटमा गोल गरेका थिए । शेर्पाले खेलको ३९ औँ मिनेटमा पुनः खोल खाएपछि पहिलो हाफमा नै थ्री स्टारले ४ गोल गर्दै अग्रता बढाएको थियो । थ्री स्टारका लागि चौथो गोल एलेक्सले गरेका थिए ।
दोस्रो हाफमा दुवै टिमबाट कुनैपनि गोल हुन नसकेपछि थ्री स्टार ४–० गोल अन्तरले शेर्पा विरुद्धको खेल जितेको हो । खेलको म्यान अफ द म्याच थ्री स्टारका नविन लामा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
पहिलो हाफ आफूलाई सम्हाल्न नसक्दा ४ गोल खान पुगेका हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ । थ्री स्टार उक्त गोल्डकपको चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेस्रो संस्करणको उपविजेता हो । चौथो संस्करणमा विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधि जितेको थियो भने तेस्रो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण