हेटौंडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडामा ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ सुरु भएको छ । महोत्सवको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मंगलबार उद्घाटन गरेका हुन् ।
१८ फागुनसम्म चल्ने महोत्सव निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीहरूको प्रदर्शनी तथा बिक्री गरिने मुख्य उद्देश्य रहेको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपला कँडेलले जानकारी दिए । महोत्सव अवधिभर निर्माण उद्योग क्षेत्रमा रहको समस्या, चुनौती, अवसरका बारेमा छलफल, गोष्ठी लगायतका अन्तरक्रियात्मक कार्यक्रमहरु समेत हुने उनको भनाई छ ।
यस्तै महोत्सव अवधिमा निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरूका राय, सल्लाह, सुझाव समेत संकलन गरिने अध्यक्ष कँडेलले जानकारी दिए । उनका अनुसार महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्री लगायतका ३०० बढी स्टल रहेका छन् ।
महोत्सवमा हेटौंडा आइडल प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय एवं स्थानीय कलाकारहरूको सांगितीक तथा सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । हेटौँडा आइडलमा प्रारम्भिक छनौटबाट १६ जना प्रतिस्पर्धी छानिसकिएको महोत्सव प्रचार प्रसार संयोजक सुरज बर्तौलाले जानकारी दिए ।
२०७१ सालमा पहिलो पटक महोत्सव गरेको संघले १० वर्षपछि महोत्सव गर्न लागेको हो । निर्माण व्यवसायी संघको नयाँ भवन निर्माण गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको संघका महासचिव राजेन्द्र चौलागाईंले जानकारी दिए । संघको अहिले रहेको भवन जीर्ण भएपछि नयाँ भवन बनाउने उद्देश्य लिएर संघले महोत्सवको आयोजना गरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण