प्रकृतिको मृत्युमा दुःख व्यक्त गर्दै परराष्ट्र मन्त्रालयले भन्यो - समस्या समाधानको पहल गरिरहेका छौँ
काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतको उडिशामा भएको नेपाली विद्यार्थी मृत्युको घटनामा दुःख व्यक्त गर्दै निरन्तर पहल गरिरहेको जनाएको छ।
मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी प्राप्त हुनासाथ नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारत सरकार, उडिसा राज्यको मुख्य मन्त्रीको कार्यालय तथा सम्बन्धित शैक्षिक संस्थाका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरी समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ।
विज्ञप्तिमा लेखिएको छ- उक्त शैक्षिक संस्थाले नेपाली विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहारप्रति क्षमायाचना गर्दै त्यस्तो दुर्व्यवहार गर्ने आफ्ना कर्मचारीहरूलाई कारवाही गरेको जानकारी दिएको छ । साथै, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रावासमा फर्कन र अध्ययनलाई निरन्तरता दिनसमेत अनुरोध गरेको छ । प्रकृति लम्सालको मृत्युसँग जोडिएका एक जना व्यक्तिलाई पक्राउ गरिएको र स्थानीय प्रहरीले मृत्युको अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ । मृत्युको निष्पक्ष छानवीन भई दोषीमाथि कानून अनुसारको कारवाही हुनेमा विश्वस्त छौं ।
उडिसास्थित केआईआईटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको सुनिश्चितता र अध्ययनको निरन्तरताका लागि थप समन्वय गर्न नेपाली राजदूतावास, नयाँ दिल्लीबाट दुई जना प्रतिनिधिहरू घटनास्थल पुगेका पनि मन्त्रालयले जनाकारी दिएको छ। साथै स्थानीय निकाय, उक्त शैक्षिक संस्था र नेपाली विद्यार्थीहरूसँग सम्पर्क तथा समन्वय गरिरहेको जनाइएको छ।
नेपाली राजदूतावास, नयाँ दिल्लीले आवश्यक पर्ने विद्यार्थीका लागि परामर्शको व्यवस्था पनि मिलाएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
यस घटनाको समाधानका लागि सहयोग गर्ने भारत सरकार, उडिसा राज्य सरकार तथा सम्बन्धित निकायहरूलाई मन्त्रालयले धन्यवाद ज्ञापन गर्दै घटनाबाट प्रत्यक्ष प्रभावित भएका विद्यार्थी, परिवारजन र सरोकारवाला सबैमा धैर्य धारण गरिदिन मन्त्रालयले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण