राप्रपाले चाँडै कार्यसम्पादन समिति बैठक राख्नुपर्छ : डा लोहनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष तथा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी कार्यसम्पादन समिति बैठक यथाशीघ्र बस्न जरुरी भएको बताएका छन् ।
उनले प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा पूर्वराजा ज्ञानेन्द्रबाट ‘साहसिलो र प्रशंसनीय’ सम्बोधन आएको बताए । ‘राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ,’ लोहनीले बुधबार सामाजिक सञ्जालमा लेख्दै भने, ‘यसबारे राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रबिन्दुमा राखेर गम्भीर छलफल गर्न राप्रपाले चाँडो कार्य सम्पादन समितिको बैठक डाक्नु जरुरी भएको छ ।’
लोहनीले भने, ‘फाल्गुन ७ को दिन राजा र जनताको संयुक्त संघर्ष र प्रयासबाट हाम्रो देशमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चताको दर्शन र अवधारणाले जग हालेको दिन हो । नेपालीहरुको लागि यो ऐतिहासिक महत्व र उपलब्धिको दिन हो ।’
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले भिडियो वक्तव्य जारी गर्दै ‘राष्ट्र जोगाउने हो भने र राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धी र उन्नतिका निमित्त हामीलाई साथ दिन’ देशवासीलाई आह्वान गरेका थिए । अब समय आयो भन्दै उनले त्याग गर्न तयार रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण