पाकिस्तान : यात्रुवाहक बसका ७ जनाको गोली हानी हत्या
बुधबार, ०७ फागुन २०८१, १० : ४२

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको बरखान जिल्लामा अज्ञात आक्रमणकारीहरूले यात्रुवाहक बसमा गोलाबारी गरेका छन्। त्यसपछि आक्रमणकारीहरूले मानिसहरूलाई बसबाट बाहिर निकालेर गोली हानी हत्या गरेका हुन्।
यो आक्रमण मंगलबार र बुधबारको बिचमा भएको थियो । बरखानका उपायुक्त वकार खुर्शीदले बताएअनुसार अज्ञात आक्रमणकारीहरूले क्वेटाबाट लाहोर जाँदै गरेको यात्रु बसलाई निशाना बनाएका थिए।
आक्रमणकारीहरूले सात जनालाई बसबाट निकालेर हत्या गरेको उनको भनाई छ। प्रारम्भिक अनुसन्धानबाट मृतकहरू पाकिस्तानको पञ्जाबको बासिन्दा भएको पत्ता लागेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङको मूल्य घट्यो
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म