हाँडीगाउँका विभिन्न रुटमा एकतर्फी प्रणाली लागू
काठमाडौँ । हाँडी गाउँका विभिन्न रुटमा काठमाडौँ महानगरपालिकाले आजदेखि एकतर्फी प्रणाली लागू गरेको छ । पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकले आजदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।
सुरुवाती दिनमा चालकहरू रुटको बारेमा अलमलमा पर्ने भएकाले नगर प्रहरी परिचालन गरी ट्राफिक डाइभर्ट गर्ने काम भइरहेको छ । आजदेखि काठमाडौँ महानगरपालिका–५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग, हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाइने भएको छ ।
_awUc2aSUtX.jpg)
विशाल नगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्र प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ ।
हाँडी गाउँ हुँदै ढुंगेधारातर्फ प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट जान मिल्ने बनाइएको छ भने नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने गरी ठाउँ ठाउँमा ‘वान वे’ को बोर्ड राखिएको छ ।
_9ZdKVp0E9X.jpg)
ढुंगेधाराबाट हात्ती महाङ्कालतर्फ पनि प्रवेश निषेध गरिएको छ भने वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ पनि प्रवेश निषेध गरिएको छ । बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बाल मन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको छ । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी
_Jl7kyBUDik.jpg)
_qDRlTfZnl5.jpg)
_0W2vNLNjTd.jpg)
_CJgNt1l4TX.jpg)
_U5cB8bLxec.jpg)
_HSTtrRZeEp.jpg)
_0CrKePdj3i.jpg)
_FwboDIOkAp.jpg)
_mJe208xWYX.jpg)
_sAlluORm4B.jpg)
_qBRGEJ4kQT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण