१२ घण्टा काम गर्ने दबाबका कारण बैङ्कको जागिर छाड्ने प्रवृत्ति बढ्यो : पूर्व कार्यकारी निर्देशक थापा
काठमाडौँ । राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले पछिल्लो समय बैङ्किङ क्षेत्रमा काम गर्नेहरू जागिर छाड्नेहरूको संख्या बढेको बताएका छन् । उनले बैङ्कहरूमा १२ घण्टा समय दिएर काम गर्नुपर्ने दबाबका कारण बैङ्किङ क्षेत्रमा काम गर्नेहरू जागिर छाड्न थालेको बताए । बुधवार उडान शैक्षिक केन्द्रको एक कार्यक्रममा बोल्दै थापाले बैङ्कको जागिर छाड्ने प्रवृत्ति रोक्नका लागि नयाँ प्रविधि र सीपहरूको प्रयोगमा वृद्धि गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘बैङ्किङ अब केवल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठुलो दबाब भई जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन् । यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ ।’
उनले बैङ्किङ क्षेत्र अब परम्परागत तहमा मात्रै सीमित नभएको भन्दै यसको प्रतिस्पर्धा र चुनौती दैनिक रूपमा बढ्दै गएको उल्लेख गरे । उनले बैङ्किङ क्षेत्रमा काम गर्दा नयाँ सीप र प्रविधिको प्रयोगमा बैङ्कहरूले प्राथमिकता दिनु पर्ने बताए । उनले बैङ्किङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएको बताए । उनले बैङ्कमा काम गर्ने कर्मचारीहरूले नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गरेका हुन् ।
थापाले बैङ्किङ क्षेत्रमा भविष्यका अवसर र चुनौतीहरूलाई स्विकार्दै नयाँ सीप र प्रविधिको उपयोग गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण