जोगवनी नाका हुँदै केआईआईटीका ७५ विद्यार्थी नेपाल फर्किए
विराटनगर । भारत उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत ७५ जना विद्यार्थी विराटनगरको जोगवनी नाका हुँदै नेपाल फर्किएका छन् । नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भारतमा बसेर पढ्ने विद्यार्थी घर फर्कन थालेका हुन् ।
जोगवनी नाका हुँदै बुधबार साँझसम्ममा ७५ जना विद्यार्थी घर फर्केको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । यसरी फर्किनेमा मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११ जना, काठमाडौँ र सिराहाका ३–३ जना, सर्लाही र जनकपुरका २–२ जना तथा ललितपुर र उदयपुरका १–१ जना रहेका छन् ।
शंकास्पद अवस्थामा लम्साल मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि उनीहरूलाई निकालेको थियो । लम्साललाई न्यायको माग गर्दै नेपाल तथा भारतका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण