यङ र ल्याथमको शतकमा न्युजिल्याण्डद्वारा ३ सय २१ रनको लक्ष्य प्रस्तुत
कराची । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उद्घाटन खेलमा न्युजिल्याण्डले आयोजक पाकिस्तानसामु जितका लागि ३ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय २० रन बनाएको हो ।
टोलीका लागि विल यङ र टम ल्याथमले शतकीय इनिङ्स खेले । ल्याथमले नटआउट रहेर सर्वाधिक १ सय १८ रनको योगदान दिए । उनले १० चौका र ३ छक्का हिर्काए ।
ओपनर यङले ११३ बलको सामना गर्दै १०७ रन बनाए । उनले १२ चौका र १ छक्का प्रहार गरे । टम ल्याथमले पनि अर्धशतक बनाए । उनले मात्र ३९ बलमा ६१ रन जोडे । यसक्रममा उनले ३ चौका र ४ छक्का हिर्काए ।
डेभन कनवे र डेरल मिचेलले १०–१० रन जोडे । केन विलियम्सन भने १ रन मात्र बनाएर पभिलियन फर्किए ।
पाकिस्तानका लागि ह्यारिस राउफ र नसिम शाहले २–२ विकेट लिए । अबरार अहमदले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण