यङ र ल्याथमको शतकमा न्युजिल्याण्डद्वारा ३ सय २१ रनको लक्ष्य प्रस्तुत

कराची । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उद्घाटन खेलमा न्युजिल्याण्डले आयोजक पाकिस्तानसामु जितका लागि ३ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय २० रन बनाएको हो ।
टोलीका लागि विल यङ र टम ल्याथमले शतकीय इनिङ्स खेले । ल्याथमले नटआउट रहेर सर्वाधिक १ सय १८ रनको योगदान दिए । उनले १० चौका र ३ छक्का हिर्काए ।
ओपनर यङले ११३ बलको सामना गर्दै १०७ रन बनाए । उनले १२ चौका र १ छक्का प्रहार गरे । टम ल्याथमले पनि अर्धशतक बनाए । उनले मात्र ३९ बलमा ६१ रन जोडे । यसक्रममा उनले ३ चौका र ४ छक्का हिर्काए ।
डेभन कनवे र डेरल मिचेलले १०–१० रन जोडे । केन विलियम्सन भने १ रन मात्र बनाएर पभिलियन फर्किए ।
पाकिस्तानका लागि ह्यारिस राउफ र नसिम शाहले २–२ विकेट लिए । अबरार अहमदले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औँला भाँचिएपछि सन्दीप शर्मा आईपीएलबाट बाहिरिए
-
मोबाइल र टर्च चार्ज गरेको रु १० !
-
विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी
-
धराप फुटपाथमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)
-
सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी
-
गोवामा जात्राको क्रममा भागदौड, ७ जनाको मृत्यु, घाइते २० को अवस्था गम्भीर