अनुपम घलान स्मृति यू–१६ नगर स्तरीय फुटबल सुरु
पहिरोमा परी मृत्यु भएका प्रशिक्षार्थी फुटबल खेलाडी अनुपम घलानको स्मृतिमा हेटौंडामा नगरस्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो ।
हेटौंडा–१२ निवासी अनुपम घलानको गत असोजमा एन्फा एकेडेमी सिस्नेरीको पहिरोमा परेर निधन भएको थियो । उनकै स्मृतिमा हेटौंडामा प्रत्येक वर्ष आयोजना गर्नेगरी प्रतियोगिता सुरु गरिएको हो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अनुपमका पिता समेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका कार्यवाहक मेयर राजेश बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगितामा नगरका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १ लाख तथा उपविजेता टिमले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र अन्य विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
८ र १८ नम्बरको विजय सुरुवात
हेटौंडामा सुरु भएको पहिलो संस्करणको अनुपम घलान स्मृति यू–१६ नगरस्तरीय फुटबल प्रतियोगितामा हेटौंडाको ८ र १८ नम्बर वडाले विजय यात्रा सुरु गरेका छन् । उद्घाटन खेलमा हेटौंडा १८ ले ७ नम्बर वडालाई १–० गोल अन्तरले हराएको हो ।
पहिलो हाफको छैठौं मिनेटमा अनमोल मिजारले गरेको गोल नै १८ को जितमा निर्णायक बन्यो । उनी नै खेलको म्यान अफ द म्याच बने । दोस्रो खेलमा हेटौंडा १३ लाई टाइब्रेकरमा स्तब्ध बनाउँदै हेटौंडा ८ ले अघिल्लो चरणको यात्रा पक्का गरेको हो ।
निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत विजेताको टुंगो लगाइएको हो । खेलमा ८ ले सुरुवाती अग्रता लिएको थियो । ८ का शिशिर भण्डारीले दोस्रो हाफको आठौँ मिनेटमा हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको २८ औँ मिनेटमा १३ नम्बर वडा खेलमा फर्कियो । दाहिनेतर्फबाट आएको बललाई प्रितम थिङले गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ द म्याच ८ नम्बरका गोलरक्षक प्रकाश परियार घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण