प्रधानमन्त्री स्काइ वाक टावरमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज कमलादीस्थित स्काइ वाक टावरको भ्रमण र अवलोकन गरेका छन् । आज सार्वजनिक बिदाको दिन पारेर प्रथम महिला राधिका शाक्यसहित उनी अवलोकनमा निस्किएका हुन् ।
सो टावरले हरेक महिना पर्यटकका रूपमा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गर्ने शृङ्खलाको थालनीका क्रममा प्रधानमन्त्री ओली आज त्यहाँ पुगी टावरको उचाइमा राष्ट्रिय झण्डोत्तलन गरे ।
सो क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले टावरहरुको उपयोगिता छैन भन्ने कुरालाई गतिलो खण्डन गर्न स्काइ टावर उदाहरण भएको बताए । उनले यस्ता टावरमा ज्येष्ठ नागरिक र बालबालिकासहित पर्यटकहरूलाई फुर्सदको समयमा घुमफिर, दृश्यावलोकन र मनोरञ्जनका लागि उपयोगी साबित हुने विश्वास व्यक्त गरे ।
काठमाडौँको मध्यभागमा रहेको दुई सय ५६ फिट उचाइको सो टावर निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण