केआईआईटीको घटनाबारे अखिल समाजवादीको विरोध प्रदर्शन
बुधबार, ०७ फागुन २०८१, २१ : १३
काठमाडौँ । भारतको उडिसास्थित कआईआईटीमा प्रकृति लम्सालको शंकास्पद मृत्युबारे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ । लम्सालको न्यायका लागि संघर्षरत नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले गरेको दमन र निष्कासनको विरोधमा अखिल (समाजवादी)ले विरोध प्रदर्शन गरेको हो ।
बुधबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको अखिल (समाजवादी)का उपाध्यक्ष ललित विकले बताए । सो संगठनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।
नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने कलेज प्रशासनका कर्मचारीलाई कडा कारबाही गर्न र होस्टलबाट निष्कासन गरिएको विद्यार्थीलाई स–सम्मान फिर्ता बोलाएर पठनपाठनको व्यवस्था गर्नुपर्ने अखिल (समाजवादी)को माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण