केआईआईटीको घटनाबारे अखिल समाजवादीको विरोध प्रदर्शन
बुधबार, ०७ फागुन २०८१, २१ : १३

काठमाडौँ । भारतको उडिसास्थित कआईआईटीमा प्रकृति लम्सालको शंकास्पद मृत्युबारे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ । लम्सालको न्यायका लागि संघर्षरत नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले गरेको दमन र निष्कासनको विरोधमा अखिल (समाजवादी)ले विरोध प्रदर्शन गरेको हो ।
बुधबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको अखिल (समाजवादी)का उपाध्यक्ष ललित विकले बताए । सो संगठनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।
नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने कलेज प्रशासनका कर्मचारीलाई कडा कारबाही गर्न र होस्टलबाट निष्कासन गरिएको विद्यार्थीलाई स–सम्मान फिर्ता बोलाएर पठनपाठनको व्यवस्था गर्नुपर्ने अखिल (समाजवादी)को माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल
-
नेपाली चलचित्रमा काम गर्ने बलिउड अभिनेत्री मनिषाको चाहना
-
१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो