‘विचार’ तेस्रो संस्करण लोकार्पण
काभ्रेपलाञ्चोक । प्रजातान्त्रिक विचार समाज काभ्रेपलाञ्चोकद्वारा ७५औँ प्रजातन्त्र दिवसका अवसरमा प्रकाशित ‘विचार’ तेस्रो सस्करणको आज लाकोर्पण गरिएको छ ।
बनेपामा आयोजित कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वकार्यकारी अध्यक्ष कुलचन्द्र वाग्लेलगायत शैक्षिक विज्ञ तथा साहित्यकारले संयुक्त रूपमा उक्त प्रकाशनको लोकार्पण गरेका हुन् ।
विचारको तेस्रो संस्करणमा १९ जनाको प्रजातान्त्रिक विचार–लेख समेटिएको छ । लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले ‘फागुन ७’ लाई प्रजातन्त्रको आधुनिक यात्रा तय गरिएको दिन सम्झदै नेपाली नागरिकले ‘उपहार’ मान्नुपर्ने बताए । उनले भने, ‘फागुन ७ ले चेतनाको विद्रोहलाई स्थापित गर्दै समानता दिलाएको छ, यसलाई चानचुने ठान्नुहुन्न ।’
वाग्लेले समाजजस्ता संस्थाहरूले विचार, यात्रा, प्रकाशन, विज्ञप्ति तथा गोष्ठीहरूमार्फत प्रजातान्त्रिक विचार प्रसार गर्दै जाने बताए । उनले समाजको ७२ जिल्लामा शाखा विस्तार भइसकेको र मधेस प्रदेशका जिल्लामा विस्तारको प्रक्रिया अघि बढेको जानकारी गराए । समाजका जिल्ला अध्यक्ष श्याम भट्टराईले समाजवादउन्मुख परिस्थितिलाई प्रजातान्त्रिक विचारमार्फत चेततना फैलाउन विचार–३ प्रकाशनमा ल्याइएको बताए ।
सो अवसरमा नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष शुभलक्ष्मी मानन्धर, राष्ट्र बैंकका पूर्वउपनिर्देशक भुवनेश्वर भट्टराई, शिक्षासेवीद्वय भोला केसी र चुडाप्रसाद चौलागाईं तथा समाजको आजीवन सदस्य मञ्जु आचार्य घिमिरेले प्रजातान्त्रिक विचारले समाजलाई चेतनशील र उत्तरदायी बनाउन मद्दत पुग्ने विचार व्यक्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण