उडिसाबाट घर फर्किएका नेपाली विद्यार्थीको पीडा : ‘हामीलाई आतंककारीझैं व्यवहार गरियो’
जनकपुरधाम । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी धमाधम स्वदेश फर्किन थालेका छन्। विश्वविद्यालय प्रशासन, बाउन्सर र स्थानीय माफियाले उनीहरूमाथि दुर्व्यवहार गर्दै थुनामा राखेर कुटपिट गरेको उनीहरूको गुनासो छ।
नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपश्चात् नेपाली विद्यार्थीहरूमाथि भएको अमानवीय व्यवहारका कारण उनीहरू आफू असुरक्षित भएको महसुस गर्दै नेपाल फर्किरहेका हुन्। धनुषाको जटही नाकामार्फत गएराति मात्र करिब एक दर्जन विद्यार्थी जनकपुरधाम र सप्तरी फर्किएका छन्।
घर फर्किएका विद्यार्थीहरू त्रसित देखिन्थे। उनीहरूले विश्वविद्यालयभित्रै बन्द कोठामा थुनिएर कुटपिट सहनु परेको र भिडियोहरू बाहिर आउन नदिन नेपालीहरूलाई नै दबाब दिइएको आरोप लगाए। उनीहरूले सामाजिक सञ्जालमा देखिएका दृश्यहरू वास्तविकताको सानो अंश मात्र भएको बताए।
विद्यार्थीहरूले जनकपुरधाममा विरोध र्याली निकाल्ने तथा साँझ जानकी मन्दिर प्राङ्गणमा मृतक प्रकृति लम्सालको सम्झनामा दीप प्रज्वलन गर्ने तयारी गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, सुरक्षाको प्रत्याभूति र कूटनीतिक वार्ताका लागि नेपाल सरकारलाई दबाब दिन संघर्ष गर्ने बताए।
यसैबीच, सोमबार राति भुवनेश्वरबाट हिँडेका करिब ३ सय नेपाली विद्यार्थीमध्ये पहिलो समूह आज बिहान वीरगञ्ज नाका हुँदै नेपाल आइपुगेका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार अहिलेसम्म ९५ जना नेपाली विद्यार्थीहरू नेपाल आइपुगेका छन्, जसमा ७६ जना छात्र र १९ जना छात्रा छन्।
विद्यार्थीहरूले नेपालस्थित एजेन्टहरू विश्वविद्यालयको पक्षमा कमिसनका लागि बोलिरहेको भन्दै विरोध जनाएका छन्। उनीहरूले ठोस सम्झौता र सुरक्षाको प्रत्याभूति नभएसम्म किट युनिभर्सिटी फर्किन नसक्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण