समाचार
कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द
बिहीबार, ०८ फागुन २०८१, १२ : २१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम रद्द भएको छ ।
यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
भारतीय स्रोतका अनुसार भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि अन्तिममा आएर देउवाले यो कार्यक्रम स्थगित गरेका हुन् । हिजो रातिसम्म इन्डिया फाउन्डेसनले नेपालका पूर्वप्रधानमन्त्री कुम्ब ग्लोबल समिट कार्यक्रममा आउँदैछन् भनी प्रचारप्रसार गरेका थियो ।
‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ को वक्ताका रूपमा सहभागी हुन देउवा त्यसतर्फ जाने तयारीमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण