शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पहिलो राष्ट्रिय ईस्पोर्टस् लिगलाई ग्यालेक्सी एस२५ अल्ट्राको साथ

बिहीबार, ०८ फागुन २०८१, १९ : १५
बिहीबार, ०८ फागुन २०८१

काठमाडौँ । नेपालको पहिलो राष्ट्रिय ईस्पोर्टस् च्याम्पियनसिप बिहीबारदेखि काठमाडौँको दशरथ रङ्गशालामा सुरु भएको छ । प्रतियोगिता फागुन १० गतेसम्म चल्नेछ । 

यो प्रतियोगितामा नेपालका उत्कृष्ट ईस्पोर्टस् खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ, ई–फुटबल लगायतका ६ प्रमुख ई–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन् । यसैबिच सामसङ यस ऐतिहासिक प्रतियोगिताको प्रमुख भाग बन्न पुगेको छ । 

प्रोफेसनल गेमरहरूले हालै मात्र सार्वजनिक गरिएको ग्यालेक्सी एस२५ अल्ट्रामा प्रतिस्पर्धा गरिरहेका छन् भने प्रतियोगिताको ई–फुटबल ग्रान्ड फिनाले सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा खेलिने छ ।  

यस इभेन्टमा दर्शकहरूका लागि सामसङ एक्सपिरिएन्स जोनहरू पनि उपलब्ध छन्, जहाँ दर्शकहरूले सामसङका नवीनतम उपकरणहरू, र विशेष गरी ग्यालेक्सी एस२५ सिरिजलाई, प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने छन्।  

ईस्पोर्टस् प्रतिस्पर्धाहरू मात्र नभई, यो इभेन्टमा दर्शकहरूको मनोरञ्जनका लागि वाङ्देन शेर्पा, कुमा सागर जस्ता चर्चित कलाकारहरूको सङ्गीतिक प्रस्तुति तथा फुड स्टलहरू, इन्टरएक्टिभ एक्सपिरिएन्स जोनहरू, र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप