अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : लगातार दोस्रो जितसँगै नेपाल फाइनलमा
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले लेबनानलाई पराजित गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल १–० गोलले विजयी बनेको हो ।
पहिलो हाफको अन्त्यतिर नेपालले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ४२ औँ मिनेटमा साबित्रा भण्डारीको प्रहार लेबनानको खेलाडीलाई लाग्दै जाली चुम्न पुगेको थियो ।
पहिलो हाफको अतिरिक्त समयमा उनी नेपालको अग्रता दोब्बर बनाउनबाट चुकेकी थिइन् । नेपालले खेलमा नियन्त्रण राखे पनि गोलका लागि धेरै अवसर सिर्जना गर्न सकेन । नेपालले गोलको लागि अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन ।
दोस्रो हाफमा पनि नेपालले बलमा नियन्त्रण राखेको थियो । तर, थप गोल भने हुन सकेन ।
जितसँगै नेपाल गोलअन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । योसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले हराएको थियो ।
लेबनान भने आफ्नो पहिलो खेलमा बलियो म्यानमारसँग ३–१ गोलले पराजित भएको थियो ।
लेबनानसँग नेपालको यो दोस्रो भिडन्त थियो । यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेबनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । सो खेलमा नेपाल २–१ गोलअन्तरले विजयी बनेको थियो ।
नेपालले यस खेलपछि फागुन ११ मा शीर्ष स्थानमा रहेको म्यानमारसँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा खेलिने यो प्रतियोगिताका शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ । फाइनल खेल फागुन १४ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण