सात करोड रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर
राजस्व चुहावट गरेको आरोपमा पक्राउ परेका एक जनाविरुद्ध राजस्व अनुसन्धान कार्यालय इटहरीले ७ करोड २९ लाख २३ हजार रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरेको छ।
झापाको भद्रपुरस्थित कृष्ण स्टोरका सञ्चालक सोनु कानुउपर भारतीय कपडा चोरी पैठारी गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर चुहावट गरेको कसुरमा राजस्व अनुसन्धान कार्यालय इटहरीले अभियोगपत्र दार गरेको
महानिर्देशक चण्डी प्रसाद घिमिरेले बताए ।
राजस्व अनुसन्धान कार्यालय इटहरीबाट २०८० असोज ७ गते राजस्व चुहावट गरेको सूचनाका आधारमा उक्त स्टोरका सञ्चालकले राजस्व चुहावट गरेको पाइएको भेटेको थियो ।
कानुलाई कार्यालयले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ को खण्ड (छ १) को उपखण्ड (क), (ख) र (ङ) बमोजिम उक्त रकम बिगो कायम गरी शतप्रतिशत जरिवाना माग गर्दै उच्च अदालत विराटनगर अस्थायी इजलास इलाममा बिहीबार मुद्दा दायर गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण