कर्मचारीको बढुवादेखि भ्रमण आदेश दिनेसम्म बागमती मन्त्रिपरिषद्को निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले २ कर्मचारीको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारबाट सरुवा भई आएका सहसचिव उदय राना मगरलाई पदस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेशका सिनियर डिभिजनल इन्जिनियर नवीन सिंहलाई ११ औँ तह (सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले सहसचिव रानालाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको सचिव पदमा काम काजका लागि खटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार पूर्वाधार विकास कार्यालय ललितपुरमा कार्यरत उपसचिव स्तरका सिनियर डिभिजन इन्जिनियर सिंहलाई कार्यसम्पादन तथा योग्यताको आधारमा ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले मण्डन देउपुर नगरपालिका र जागानको फँजी नोमिरा सहरबिच भगिनी सम्बन्ध स्थापनाको लागि सहमती सहित सङ्घीय सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले लदी पर्वको अवसरमा माझी समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन २० मा मनाइने उक्त पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री लामिछानेले बताए ।
बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा प्रशासन मन्त्रालयको प्रविधि हस्तान्तरण कार्यविधि र तालिम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै वन डढेलो सम्बन्धमा अस्ट्रेलिया अध्ययन तथा अनुगमनका लागि प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केशव बरालको भ्रमण आदेश स्वीकृत दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण