बागमती गोल्डकप : एपीएफ र चर्च ब्वाइज भिड्दै
हेटौँडा । बागमती गोल्डकप अन्तर्गत शुक्रवारबाट सेमिफाइनलका खेलहरू हुनेछन् । बिहीबार क्वाटरफाइनल समीकरणको अन्तिम खेल सम्पन्न भएसँगै आजबाट सेमिफाइनल अन्तर्गतका खेल हुनेछन् ।
मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल अन्तर्गतको पहिलो खेल शुक्रवार हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा हुने पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र चर्च ब्वाईज युनाइटेड भिड्नेछन् । खेल दिउँसो २ बजे हुने आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ ।
दुवै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिनेछ । प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफ गत संस्करणको उपविजेता टोली हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो । गत संस्करणमा एपीएफ मछिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि शनिवार मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार बिच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण