विदेशी सिम र रिचार्ज कार्ड अनुमति लिएर मात्रै बिक्री वितरण गर्ने प्राधिकरणको निर्देशन
शुक्रबार, ०९ फागुन २०८१, १२ : ३६
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्नुअघि ‘नो–अब्जेक्सन’ प्राप्त गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो निर्देशन जारी गरेको हो । पछिल्लो समय विदेश यात्रा गर्न जाने व्यक्तिहरूलाई लक्षित गरी नेपालमा विदेशी सिम र रिचार्ज बिक्री हुने गरेको प्राधिकरणले जनाएको छ ।
विदेशी मुलुकका दूरसञ्चार सेवाप्रदायक कम्पनीका सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणबाट नो–अब्जेक्सन लिनुपर्ने व्यवस्था रहेको भन्दै सोहीअनुसार अनुमति प्राप्त गर्न प्राधिकरणले सूचनामार्फत ध्यानाकर्षण गराएको हो ।
सूचनामा भनिएको छ, ‘सिमकार्ड र रिचार्ज कार्ड बिक्री/वितरण गर्ने सम्बन्धित व्यक्ति/संस्थाहरूले यस प्राधिकरणबाट नो–अब्जेक्सन लिएर मात्र बिक्री बितरण गर्नु/गराउनुहुन सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण