भारत–पाकिस्तान भिडन्तमा सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानहरु
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा आइतबार दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानमा आपसमा भिड्दै छन् । ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा यी दुई टोलीबिचको भिडन्त विश्वभरका क्रिकेट पारखीका लागि प्रतिक्षाको विषय बन्ने गर्छ ।
यसपटक भारत र पाकिस्तानबिचको खेल संयुक्त अरब इमिरेट्सको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिने छ । भारत र पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ मा छन् । उक्त समूहमा चारवटै टोलीले एक–एक खेल खेलिसक्दा न्युजिल्यान्ड दुई अंकसहित पहिलो स्थानमा आसीन छ ।
न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानलाई ६० रनले हराएको थियो । दुई अंकसहित भारत दोस्रो स्थानमा छ । भारतले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराएको थियो । पहिलो खेलमा पराजित भएका बंगलादेश र पाकिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
त्यसैले भारतविरुद्धको खेलमा पाकिस्तानी टोली ‘गर या मर’ को स्थितिमा रहने छ । उक्त खेलमा पराजित भए पाकिस्तानी टोली उपाधि होडबाट बाहिरिने निश्चित छ । अर्कोरित, भारत पनि उक्त खेलमा पाकिस्तानलाई हराउँदै एक खेलअगावै सेमिफाइनलमा पुग्ने धुनमा रहने छ ।
पाकिस्तान र भारत यसअघि धेरैपटक आपसमा भिडिसकेका छन् । भारत र पाकिस्तानबिचको खेलमा थुप्रै कीर्तिमान पनि बनेका छन् । यसैक्रममा यी दुई चिरप्रतिद्वन्द्वी राष्ट्रबिच हालसम्म भएको एकदिवसीय भिडन्तमा सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडीको बारेमा यहाँ चर्चा गरिएको छ ।
भारत र पाकिस्तानबिचको खेलमा सबैभन्दा बढी शतक प्रहार गर्ने ब्याट्सम्यान सलमान बट हुन् । पाकिस्तानी खेलाडी सलमान बटले भारतविरुद्ध २१ खेल खेल्दै पाँचवटा शतक प्रहार गरेका छन् ।
सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा भारतका सचित तेन्दुल्कर छन् । आफ्नो समयका प्रभावशाली खेलाडी सचिनले पाकिस्तानविरुद्ध ६९ खेलमा पाँच शतक प्रहार गरेका छन् ।
यसैगरी, सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा पाकिस्तानी अलराउन्डर सोएब मलिक तेस्रो स्थानमा आसीन छन् । उनले भारतविरुद्ध ४२ खेलमा चार शतक प्रहार गरेका छन् ।
यसका अतिरिक्त अन्य दुई पाकिस्तानी ब्याट्सम्यानले भारतविरुद्ध चार–चार शतक बनाएका छन् । सइद अनवर र पूर्वकप्तान इन्जमाम उल–हकले पनि भारतविरुद्ध चार–चारवटा शतक बनाएका हुन् ।
यसैगरी, भारत र पाकिस्तानबिचको भिडन्तमा नासिर जमशेद, जहिर अब्बास, विराट कोहली, जावेद मियांदाद र युनिस खानले पनि आ–आफ्नो टोलीका लागि तीन–तीनवटा शतक प्रहार गरेका छन् ।
रोहित शर्मा, महेन्द्रसिंह धोनी, नवजोतसिंह सिद्धु, वीरेन्द्र सेहवाग, सौरव गांगुली, एजाज अहमद, समिल मलिक, राहुल द्रविड, मोहम्मद अजहरुद्दिन र शाहिद अफरिदीले पनि दुई–दुईवटा शतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण