राष्ट्रव्यापी आन्दोलन नगरीकन राष्ट्रव्यापी पार्टी बनाउन सकिँदैन : घनश्याम भुसाल
_e7MGma2iiI.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले राष्ट्रव्यापी आन्दोलन नगरीकन राष्ट्रव्यापी पार्टी बनाउन नसकिने धारणा राखेका छन् ।
शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकमा महासचिव भुसालले पेस गरेको कार्ययोजनामा नेकपा एकीकृत समाजवादी पार्टी अहिले नै राष्ट्रव्यापी आन्दोलनको हावा हुरी ल्याउन सक्ने अवस्था नरहेको पनि प्रस्ट पारिएको छ ।
पहिलो चरणमा आफूहरूले आन्दोलनलाई राष्ट्रिय बनाउन सम्पूर्ण तागत लगाउनुपर्नेमा महासचिव भुसालले जोड दिएका छन् । आगामी एक वर्षभित्र आफ्ना एजेण्डालाई राष्ट्रिय राजनीतिका एजेण्डाका रूपमा स्थापित गर्ने गरी तयारी अघि बढाउनुपर्ने उनको भनाइ छ ।
ती एजेण्डा मूलतः नेपाली समाजको रणनीतिक संकटलाई आधारभूत रूपले समाधान गर्ने गरी तयार गरिने र आगामी १०÷१२ वर्षमा मुलुकलाई आधारभूत रूपमा राष्ट्रिय पुँजीको वर्चश्व रहेको मुलुक बनाउने उद्देश्यले तयार गर्नुपर्ने महासचिव भुसालले प्रस्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बालाजु पुल र विष्णुमती खोलाको आसपासको क्षेत्र डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली
-
‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न
-
रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’