राष्ट्रव्यापी आन्दोलन नगरीकन राष्ट्रव्यापी पार्टी बनाउन सकिँदैन : घनश्याम भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले राष्ट्रव्यापी आन्दोलन नगरीकन राष्ट्रव्यापी पार्टी बनाउन नसकिने धारणा राखेका छन् ।
शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकमा महासचिव भुसालले पेस गरेको कार्ययोजनामा नेकपा एकीकृत समाजवादी पार्टी अहिले नै राष्ट्रव्यापी आन्दोलनको हावा हुरी ल्याउन सक्ने अवस्था नरहेको पनि प्रस्ट पारिएको छ ।
पहिलो चरणमा आफूहरूले आन्दोलनलाई राष्ट्रिय बनाउन सम्पूर्ण तागत लगाउनुपर्नेमा महासचिव भुसालले जोड दिएका छन् । आगामी एक वर्षभित्र आफ्ना एजेण्डालाई राष्ट्रिय राजनीतिका एजेण्डाका रूपमा स्थापित गर्ने गरी तयारी अघि बढाउनुपर्ने उनको भनाइ छ ।
ती एजेण्डा मूलतः नेपाली समाजको रणनीतिक संकटलाई आधारभूत रूपले समाधान गर्ने गरी तयार गरिने र आगामी १०÷१२ वर्षमा मुलुकलाई आधारभूत रूपमा राष्ट्रिय पुँजीको वर्चश्व रहेको मुलुक बनाउने उद्देश्यले तयार गर्नुपर्ने महासचिव भुसालले प्रस्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण