पूर्वराजाको आह्वानले जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको छ : अध्यक्ष थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानले नेपाली जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको बताएका छन् । हेटौंडामा आयोजित राप्रपा नेपाल मकवानपुरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी चुनावमा जनताले गणतन्त्रवादी कुनै पनि दललाई भोट नहाल्ने अवस्था आउने बताएका हुन् ।
अध्यक्ष थापाले पूर्वराजाको सन्देशलाई सकारात्मक ढंगले ग्रहण गर्न आग्रह गरे । पूर्वराजाले राष्ट्रिय मेलमिलापको प्रस्तावलाई अघि बढाएको उनले बताए । पूर्वराजाको सन्देश कुनै पार्टी र सरकारको विरुद्धमा नभएको उनको भनाई छ । उनले एमाले, कांग्रेस, माओवादी लगायतका दलले सही ढंगबाट काम नगर्दा नागरिकहरूमा निराशा पैदा भएको बताए ।
‘देशलाई ठुला दलले ब्रमलुट गरिरहेका छन् । धेरै युवाहरू विदेश पलायन हुँदा अहिले क्याम्पसहरू पनि बन्द हुने अवस्थामा पुगेका छन् । अहिलेकै अवस्था रहने हो भने सरकारले कर्मचारीहरूको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता पनि दिन नसक्ने अवस्था हुनेछ,’ उनले भने ।
पूर्वराजालाई दोषी देखाएर आफ्नो गल्ती ढाकछोप नगर्न पनि अध्यक्ष थापाले राजनीतिक दलहरूलाई चेतावनी दिए । संघीयता खारेजी र राजसंस्था पुनःस्थापनाको एजेण्डा पूरा हुने चरणमा रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण