पृतनापति समन्वयात्मक बैठक : के–के भयो छलफल ?
शुक्रबार, ०९ फागुन २०८१, २१ : २२
काठमाडौँ । जङ्गीअड्डामा बिहीबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठक आज सम्पन्न भएको छ । बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, तालिमको समीक्षा, बन्दोबस्ती पक्षलगायत विविध विषयमा छलफल भएको थियो ।
बैठकको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले सकल दर्जाको सामूहिक भावना तथा एकतामा जोड दिए । उनले नेपाली सेनाको व्यावसायिकता अभिवृद्धि गर्दै देश र जनताको सेनाप्रतिको अपेक्षा पूरा गर्न सकल दर्जाले जिम्मेवार भई काम गर्नुपर्ने बताए ।
प्रधानसेनापतिले गौरवपूर्ण नेपाली इतिहासको अध्ययन, अध्यापन र जगेर्नामा टेवा पुग्ने कार्यक्रम लागू गर्न निर्देशन दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बैठकको समापन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्दलगायत अधिकृतहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण