ट्रम्पले किन भने-फ्रान्सका राष्ट्रपति म्याक्रों र बेलायती प्रधानमन्त्री स्टार्मरले सिन्को भाँचेनन् ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र बेलायती प्रधानमन्त्री कीर स्टार्मरले युक्रेन युद्ध अन्त्यका लागि ‘सिन्को नभाँचेको’ आरोप लगाएका छन् ।
फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि म्योक्रों र स्टार्मरले केही पनि नगरेको आरोप लगाएका हुन् । कुराकानीका दौरान उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शान्ति वार्ताका लागि कुनै कार्ड नभएको बताए ।
उनले जेलन्स्की बैठकमा हुनुको कुनै महत्व नरहेको समेत टिप्पणी गरेका छन् । ट्रम्पका युक्रेनी दूत कीथ केलोंगले बिहीबार बैठकका दौरान जेलेन्स्कीसँग व्यापक एवं सकारात्मक संवाद भएको बताएका छन् ।
ट्रम्पले ‘तानाशाह’भन्नु भन्दा केही दिनअघि मात्रै केलोंगले जेलेन्स्की ‘साहसी’ नेता भन्दै प्रशंसा गरेका थिए । जेलेन्स्कीले हालै विश्वका विभिन्न नेताहरुसँग फोन वार्ता गरेका छन् । र, उनले युक्रेन शान्ति वार्तामा सहभागी हुने प्रतिवद्धता समेत जनाएको बताइँदै छ ।
यो हप्ताको सुरुवातमा बेलायती प्रधानमन्त्री स्टार्मरले शान्ति सम्झौताको पक्ष लिंदै युक्रेनको सुरक्षा ग्यारेन्टीका लागि आफ्नो सैन्य बल युक्रेनमा तैनाथ गर्नका लागि तैयार तथा इच्छुक रहेको बताएका थिए । तर, ट्रम्पले उनले केही पनि नगरेको भनी टिप्पणी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण