मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

बागमती गोल्डकप : फाइनल प्रवेशका लागि मच्छिन्द्र र थ्री स्टार भिड्दै

शनिबार, १० फागुन २०८१, ०९ : ४९
शनिबार, १० फागुन २०८१

मकवानपुर । बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्डकप अन्तर्गत फाइनल प्रवेशका लागि शनिबार मच्छिन्द्र क्लब र थ्री स्टार क्लब बिच प्रतिस्पर्धा हुने भएको हो ।

बागमती-४ स्थित सहिद स्मृति रङ्गशालामा हुने खेलमा साविक मच्छिन्द्र क्लब र चौथो संस्करणको विजेता थ्री स्टार भिड्नेछन् । खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । 

प्रतियोगितामा मच्छिन्द्रले सर्लाहीको बागमती युवा क्लबलाई र थ्री स्टारले हिमालयन शेर्पालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । गत संस्करणमा मच्छिन्द्रले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै उपाधि जितेको थियो भने थ्री स्टारले चौथो संस्करणमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै उपाधि जितेको थियो । 

शनिबारको विजेता टोलीले उपाधीका लागि सोमबार चर्च र्ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि एपीएफलाई ३-२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश  गरिसकेको छ ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५-२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप