सडक सुरक्षाका लागि नीतिगत व्यवस्था गर्ने नेपालको प्रतिबद्धता
काठमाडौँ । सडक एवम् सवारी दुर्घटनाका कारण हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न नेपालले नीतिगत व्यवस्था गर्ने अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रतिबद्धता व्यक्त गरेको छ । सडक सुरक्षाको विषय विश्वव्यापी चुनौती बनिरहेको अवस्थामा सडक तथा सडकका संरचना निर्माणसँगै सुरक्षालाई पनि प्राथमिकता दिने नेपालको प्रतिबद्धता छ ।
मोरोक्कोको मोरोकेस सहरमा १८ देखि २० फेब्रअरीसम्म भएको सडक सुरक्षासम्बन्धी चौथो विश्व सम्मेलनमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले देशको समग्र विकासलाई सडक सुरक्षासँग समेत जोडेर अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
सुरक्षित र दिगो संरचना निर्माणसँगै यातायात नियमन र व्यवस्थापनका लागि विश्वमा अभ्यास भएका मापदण्डसहित नीतिगत व्यवस्था गर्ने कामसमेत भइरहेको उनको भनाइ थियो । यस्तै मन्त्रालयका सहसचिव सुशील ढकालले सडक सुरक्षाका सम्बन्धमा नेपालका अभ्यास, अवस्था तथा आवश्यकताका सम्बन्धमा प्रकाश पारे ।
सम्मेलनमा नेपालको तर्फबाट मन्त्रालयका सचिव शर्माको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भाग लिएको थियो । सचिव शर्मासहित मन्त्रालयका सहसचिव ढकाल, शुभराज न्यौपाने, उपसचिव शंकरसिंह धामीले कार्यक्रममा भाग लिएका थिए ।
यस्तै नेपालमा सडक सुरक्षासम्बन्धी क्षेत्रमा काम गर्दै आएका संघ, संस्थाका प्रतिनिधि, अनुसन्धानकर्मी लगायतको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा १३० भन्दा बढी देशका प्रतिनधिहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण