काठमाडौँ । आजदेखि स्वयम्भू महोत्सव सुरु भएको छ । स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव सुरु भएको हो ।
_D7qtUcztv7.jpg)
महोत्सवको उद्घाटन काठमाडौँका मेयर बालेन्द्र शाहले गरेका छन् । काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ ले आफ्नो क्षेत्रमा रहेको प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बा, सत्तल, विहारसहितका प्राचीन स्मारक प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको हो ।
_dAbz4hJOEN.jpg)
करिब ६० वटा स्टल सहित भुईंखेल चौरमा सुरु भएको महोत्सवमा वडाबाट उद्यमशीलता र जीविकोपार्जनका लागि तालिम लिएका व्यक्ति तथा सङ्घसंस्थाले उत्पादन गरेका वस्तु तथा सामान, स्थानीय उत्पादन, तरकारी तथा फलफूल, ऊन तथा अन्य धागोबाट बनेका पहिरन प्रदर्शनमा राखिएको छ ।
_q7UpvFyDCX.jpg)
परम्परागत बाजा, वडावासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा पनि प्रदर्शनमा राखिएको छ ।
_ybPSNvO1rK.jpg)
मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदान, रञ्जना लिपि लेखन, मुहार चित्रकारितासहित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेल महोत्सवका थप आकर्षण रहेका छन् ।
_B9aBEWufw3.jpg)
वडा नं १५ को मुख्य पहिचानका रूपमा रहेको स्वयम्भूका अलावा यस क्षेत्रमा शान्तिपुर, हारती माता, महामञ्जुश्री सरस्वती स्थान, लखु तीर्थ, विष्णुमती नदी किनारामा रहेको शोभा भगवती मन्दिर, सरस्वती मन्दिर, विहारलगायत देवालय छन् ।
_uXs58mfVZl.jpg)
_RhCHl1ju4L.jpg)
_xPuQO1TdfG.jpg)
_JgSxJtfrm3.jpg)
_MNQ7CoAlwB.jpg)
_1GuwFJ4S1A.jpg)
_FP3rlt4juI.jpg)
_50hs93BSiB.jpg)
_Tn0Svonjst.jpg)
_JjljSoV70X.jpg)
_kgGAO7mSYg.jpg)
_SnB4mlW6mD.jpg)
_S1lwEzW8ts.jpg)
_LenRo1PTO0.jpg)
_MuwMpLrQLy.jpg)
_WN89ta8xf4.jpg)
_II9zbx114t.jpg)
_n6vUuAb208.jpg)
प्रतिक्रिया