१ अर्ब ६४ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात
शनिबार, १० फागुन २०८१, १७ : ३४
काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा १ अर्ब ६४ करोड १० लाख ३९ हजार रुपैयाँको ११ लाख ५३ हजार ४१० मेट्रिक टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । पुस मसान्तसम्ममा १ अर्ब ३७ करोड ९० लाख ७७ हजार रुपैयाँको सिमेन्ट र क्लिङ्कर निर्यात भएको थियो ।
यसअनुसार एक महिनामै २६ करोडभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । माघ महिनामा मात्रै २६ करोड १९ लाख ६२ हजार रुपैयाँको सिमेनट र क्लिङ्कर निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
यसमध्ये ५५ करोड १५ लाख १ हजार रुपैयाँको ४ लाख ६४ हजार ७७७ मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । यस्तै १ अर्ब ८ करोड ९५ लाख ३७ हजार रुपैयाँको ६ लाख ८८ हजार ६३२ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण