१ अर्ब ६४ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात
शनिबार, १० फागुन २०८१, १७ : ३४

काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा १ अर्ब ६४ करोड १० लाख ३९ हजार रुपैयाँको ११ लाख ५३ हजार ४१० मेट्रिक टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । पुस मसान्तसम्ममा १ अर्ब ३७ करोड ९० लाख ७७ हजार रुपैयाँको सिमेन्ट र क्लिङ्कर निर्यात भएको थियो ।
यसअनुसार एक महिनामै २६ करोडभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । माघ महिनामा मात्रै २६ करोड १९ लाख ६२ हजार रुपैयाँको सिमेनट र क्लिङ्कर निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
यसमध्ये ५५ करोड १५ लाख १ हजार रुपैयाँको ४ लाख ६४ हजार ७७७ मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । यस्तै १ अर्ब ८ करोड ९५ लाख ३७ हजार रुपैयाँको ६ लाख ८८ हजार ६३२ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ : जनार्दन शर्मा
-
महेश श्रेष्ठ निर्वाचित भएपछि परराष्ट्रले लियो एनआरएनएको एकता महाधिवेशन सार्ने निवेदन फिर्ता
-
एआईले बनाएको आफ्नो पोप अवतारबारे के भन्छन् ट्रम्प ?
-
युवा नीति संशोधन : उमेर समूह कति उचित ?
-
पाकिस्तानी सेनाको डेलिगेसन नेपालमा, सांसदले उठाए प्रश्न
-
सत्ताको ‘म्युजिकल चियर’मा देउवा, ओली र प्रचण्ड