दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास
खलङ्गा । जिल्लाको मार्मा गाउँपालिकामा दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित २८ दशमलव तीन सय चार मेगावाट क्षमताको मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलन्यास गरिएको छ ।
दार्चुला पावर लिमिटेडका सञ्चालक गुरु न्यौपानेको अध्यक्षता तथा प्रतिनिधिसभाका सांसद दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यतामा आज आयोजनाको शिलन्यास गरिएको हो ।
जलविद्युत् आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने लिमिटेडले जनाएको छ । तीन वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत रु छ खर्ब २३ करोड ६२ लाखभन्दा बढी रहेको आयोजनाका सञ्चालक न्यौपानेले जानकारी दिए ।
शेरीबाट आठ दशमलव पाँच किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ । शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभाका सांसद मानबहादुर धामी र विक्रमसिंह धामीलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण