सांसद श्रेष्ठको प्रश्न : सरकारले डाक्टरले दिएको राजीनामा किन स्वीकृत गर्दैन ?
आइतबार, ११ फागुन २०८१, १३ : ५५
काठमाडौँ । सांसद अञ्जनी श्रेष्ठले डाक्टरहरूले दिएको राजीनामा किन स्वीकृत गर्दैन भनेर प्रश्न गरेकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले सरकारी सहयोगमा अध्ययन गरेका डाक्टरले पारिवारिक कारण देखाएर दिएको राजीनामा सरकारले स्वीकृत नगर्दा समस्या भएको बताएकी हुन् ।
‘डाक्टरहरूले पारिवारिक समस्या देखाएर दिएको राजीनामा सरकारले स्वीकृत नगर्दा समस्या भएको छ,’ सांसद श्रेष्ठले भनिन्, ‘राजीनामा स्वीकृत नहुँदा कागजमा डाक्टर छन्, काममा छैनन् । सर्वसाधारणले उपचार पाएका छैनन् । राजीनामा स्वीकृत गरेको भए नयाँ राख्न पाइन्थ्यो ।’
उनले छात्रवृत्तिमा पढेका डाक्टरलाई तोकिएको समय नेपालकै अस्पतालमा काम गर्ने व्यवस्थामा कडाइ गर्न माग पनि गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण