सुटिङका क्रममा घाइते भए गुरु रन्धावा, सेलिब्रेटीको कमेन्ट ओइरो
नयाँ दिल्ली । पञ्जाबी गायक तथा अभिनेता गुरु रन्धावा गम्भीर घाइते भएका छन् । उनी अस्पतालमा भर्ना भएका छन् ।
उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । आगामी फिल्म ‘शौन्की सरदार’को सेटमा रन्धावा घाइते भएका हुन् । फिल्मको एक्सन दृश्यको छायांकनका क्रममा उनी गम्भीर घाइते भएको बताइएको छ ।
आफ्नो इन्स्टा अकाउन्टमा रन्धावा आफैंले अस्पतालको बेडबाट सुतिरहेको एउटा तस्वीर सेयर गरेका छन् । यो तस्वीर देखेर गायकका फ्यान पीरमा छन् । सबैले उनको रक्षा र शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
यस तस्वीरमा रन्धावाको टाउकोमा पट्टी बाँधिएको देख्न सकिन्छ । उसले सर्वाइकल कलर पनि लगाएका छन् । आफ्नो पहिलो एक्सन स्टन्टमा आफू घाइते भएको पोस्टमा उनले लेखेका छन्– ‘मेरो पहिलो स्टन्ट, मेरो पहिलो चोट, तर मेरो हौसला कायम छ । फिल्म शौन्की सरदारको सेटमा एउटा याद । एक्सन एकदमै गाह्रो काम हो, तर म मेरा दर्शकहरूको लागि कडा परिश्रम गर्नेछु ।’
कमेन्टको ओइरो
रन्धावाको यो पोस्टमा सेलिब्रेटीहरूले धमाधम कमेन्ट गरिरहेका छन् । अभिनेत्री मृणाल ठाकुरले ‘ह्वाट’ लेखेर छक्क परेको इमोजी कमेन्ट गरेकी छिन् । अभिनेता अनुपम खेरले पनि रन्धावालाई ‘स्ट्रङ्ग’ रहन सल्लाह दिएका छन् । ‘तिमी सबैभन्दा राम्रो छौं । चाँडै निको हुनेछौ ।’ आफ्नो कमेन्टमा खेरले लेखेका छन् । गायक मिका सिंहले पनि रन्धावाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ‘गेट वेल सुन’ भनेर कमेन्ट गरेका छन् ।
शौन्की सरदार आगामी वर्ष रिलिज हुँदैछ । यस फिल्ममा गुरु रन्धावाको साथमा अभिनेत्री निम्रत अहलुवालियाको अभिनय देख्न पाइनेछ ।
फिल्ममा माया, बफादारी र सांस्कृतिक गौरवको भावनात्मक कथा देख्न पाइनेछ । यो फिल्म रन्धावाको प्रडक्शन कम्पनी ७५१ फिल्म्सले निर्माण गरिरहेको छ । फिल्मलाई धीरज रतनले निर्देशन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण