कमेडियन मुनव्वर फारुकीविरुद्ध एफआईआर दर्ता, धार्मिक भावनालाई ठेस पुर्याएको आरोप
मुम्बई । पछिल्लो समय भारतमा कमेडियनहरु तनावमा छन् । हालै समय रैनाको शो ‘इन्डियाज गट लेटेन्ट’ मा भएको विवादपछि अन्य कमेडियनहरु पनि समस्यामा परेका छन् ।
कसैको शो रद्द गरिएको छ भने कसैको शोलाई नै प्रतिबन्ध लगाउन माग गरिएको छ । अहिले बिग बोस १७ का विजेता तथा स्ट्यान्ड अप कमेडियन मुनव्वर फारुकी समस्यामा परेका छन् । उनीविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको छ ।
हालै जियो हटस्टारमा फारुकीको नयाँ शो ‘हफ्ता वसूली’ सुरु भएको छ । यो न्युज रुम कमेडी शोमा राजनीतिक र सामाजिक घटनाक्रममा चर्चा गरिन्छ र मजाक उडाइन्छ ।
तर, अहिले यो मजाक फारुकीलाई भारी परेको छ । उनीमाथि फेरि धार्मिक भावनामाथि आहत पुर्याएको आरोप लगाइएको छ । अमिता सचदेवा नाम गरेका एक वकिलले ट्वीटरमार्फत यसबारे जानकारी दिएका हुन् ।
उनले फारुकीविरुद्ध उनको शो हफ्ता वसूलीका लागि उजुरी दर्ता गरेका छन् । यसमा बीएनएस धारा १९६, २९९ र ३५३ का साथै आईटी एक्टका बाँकी धारा अन्तर्गत कारबाही माग गरिएको छ । उनले फारुकीमाथि अश्लीलतालाई प्रवर्द्धन गरेको, अन्य धर्मको अपमान गरेको, सांस्कृति मूल्यलाई उल्लंघन गरेको र युवाको दिमाग र समाजलाई प्रदूषित गरेको आरोप लगाएका छन् ।
फारुकी यसअघि पनि कमेडीका लागि जेल पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण