रिंकु मृत्यु प्रकरण
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
आइतबार, ११ फागुन २०८१, १६ : ५७
काठमाडौँ । सिराहाको नवराजपुर गाउँपालिका वडा नम्बर–१ बस्ने १७ वर्षीय किशोरीको शङ्कास्पद मृत्युबारे अनुसन्धान गर्न प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । माघ ३० मा रिंकुकुमारी सदा घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
उनको मृत्युअघि ‘बलात्कार’ घटना मिलाउन भनेर छलफल गराउने पञ्चहरूसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाले रातोपाटीलाई बताए । उनले भने, ‘अनुसन्धानको लागी ८ जनालाई नियन्त्रणमा लिएका छौँ ।’
पक्राउ पर्नेमा पञ्चायत बस्ने र घटना मिलाउन भूमिका खेल्नेहरू छन् । प्रत्यक्षदर्शीहरूलाई पनि प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ । उनीहरू संलग्न देखिए मुद्दा चलाइने एसएसपी कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण