६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
डुबेका २४ जनाको जीवित उद्धार
आइतबार, ११ फागुन २०८१, १७ : २४
काठमाडौँ । पछिल्लो ६ महिनामा सेनाले ५४८ ठाउँमा विपद् व्यवस्थापनको काम गरेको छ । २०८१ साउनपछि प्राकृतिक र अन्य विपद्का घटनामा उद्दार लगायतका काममा १४ हजार सैनिक परिचालन गरिएको युद्धकार्य निर्देशक रवीन्द्र खत्रीले जानकारी दिए ।
आइतबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा खत्रीले भने– ‘पछिल्लो ६ महिनामा विपद् व्यवस्थापनमा १४ हजार २११ जना सैनिक परिचालन गरेका छौँ ।’
प्राकृतिक विपद् भन्दा बाहेकका विपद्मा पनि सेनाले खोज तथा उद्धारको काम गर्दै आएको छ । ६ महिनामा नदी र तालमा डुबेका २४ जनालाई सेनाले जीवित उद्धार गरेको छ । त्यस्तै, सडक दुर्घटनामा परेका ४६४ जनालाई उद्धार गरिएको सहायक रथी खत्रीले जानकारी दिए । सो अवधिमा सेनाले दुर्घटनास्थलबाट ५० जनाको शव निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण