रुसले युक्रेनमा गर्यो ठुलो आक्रमण, २६७ ड्रोन प्रहार
किभ । रुसले शनिवार राति युक्रेनमा ठुलो ड्रोन आक्रमण गरेको छ। युक्रेनी युद्ध सुरु भएको तीन वर्ष पूरा हुनुभन्दा एक दिनअघि रुसले यो आक्रमण गरेको हो ।
रुसले एउटै हमलामा कीर्तिमानी २६७ वटा ड्रोन हानेको युक्रेनको वायुसेना कमान्डका प्रवक्ता युरी इग्नाटले भनेका छन् । आक्रमणका कारण रातभर धेरै क्षेत्रहरू ध्वस्त भएको र धेरै भवनहरूमा आगो लागेको युक्रेनी आपत्कालीन सेवाहरूले बताएका छन् ।
यस आक्रमणमा कति जनाको मृत्यु भएको छ भन्ने कुरा अझै स्पष्ट भएको छैन । तर आपत्कालीन सेवाहरूको प्रारम्भिक तथ्याङ्कले कम्तीमा तीन जना घाइते भएको देखाएको छ।
यसैबिच रुसको रक्षा मन्त्रालयले रातभरि रुसले प्रहार गरेका २० वटा युक्रेनी ड्रोनहरू ध्वस्त पारेको बताएको छ। रुसको आक्रमणपछि, जेलेन्स्कीले एक विज्ञप्तिमा ‘युद्ध जारी छ’ भनेर लेखी यस क्षेत्रमा शान्ति ल्याउन मद्दतको लागि आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण