शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० किशोरहरूको उद्धार

काठमाडौँ । शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० जना किशोरहरूको प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसोदेखि उनीहरू जङ्गलभित्र अलपत्र परेको सूचनाका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठ, नेपाली सेनाको भवानी दल गण र जिल्ला वन कार्यालयबाट खटिएको उद्धार टोलीले ६ जनालाई शनिबार र बाँकी ४ जनालाई आज बिहान उद्धार गरी सकुशल आफन्तको जिम्मा लगाई पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उद्धार भएकाहरूमा भक्तपुरका दर्शन सुवाल, दार्चुलाका अभि धामी, कास्कीका बिबिक श्रेष्ठ, बाँकेका बिपिन आचार्य, मोरङका विवश बुढाथोकी, अर्घाखाँचीका दिपबिजय खनाल, स्याङ्जाका चिन्तन तिवारी, कास्कीका गौरव पराजुली, सल्यानका भरत ओली र बैतडीका चिराग भट्ट रहेका छन् । राजधानीमै बसोबास गर्दै आएका उनीहरू मिलेर घुम्न जाँदा बाटो बिराएर जङ्गलभित्र अलपत्र परेको प्रहरीको भनाइ छ । उनीहरू १७ र १८ वर्ष उमेर समूहका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण