इटलीकी प्रधानमन्त्रीले वामपन्थी नेताहरूलाई भनिन्– ‘पाखण्डी’
वासिङटन डीसी । इटालीका प्रधानमन्त्री जर्जियो मेलोनीले विश्वभरका वामपन्थी नेताहरूलाई पाखण्डी भनेकी छन् । वासिङ्टन डीसीमा आयोजित कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी)मा भिडियोबाट जोडिने क्रममा उनले यस्तो बताएकी हुन् ।
मेलोनीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्सको प्रशंसा पनि गरिन् । यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ट्रम्प र आफू जस्ता दक्षिणपन्थी नेताहरूको उदयका कारण विश्वभरका सबै वामपन्थी नेताहरू चिन्तित भएको पनि उनले बताइन् ।
‘९० को दशकमा बिल क्लिन्टन र टोनी ब्लेयरले ग्लोबल लेफ्टिस्ट नेटवर्क सिर्जना गर्दा उनीहरूलाई महान् नेता मानिन्थ्यो । तर जब ट्रम्प, मेलोनी, मिलेई र मोदीले बोल्दा उनीहरूले यसलाई लोकतन्त्रको लागि खतरा भन्छन् ।’ मेलोनीले भनिन् । ‘यो वामपन्थीहरूको द्वैध चरित्र हो र हामी यसमा अभ्यस्त भइसकेका छौँ । राम्रो कुरा के छ भने अब मानिसहरूले उनीहरूको झूटमा विश्वास गर्दैनन् । हामीमाथि जतिसुकै हिलो फ्याँके पनि, मानिसहरूले हामीलाई भोट दिइरहन्छन्,’ उनले भनिन् ।
दक्षिणपन्थी नेताहरूको उदयबाट वामपन्थी नेताहरू निराश भएको पनि उनले बताइन् । विशेष गरी ट्रम्प ह्वाइट हाउस फर्केपछि। यस्तो भएको र ट्रम्पको जितबाट वामपन्थीहरू डराएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण