हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो : प्रचण्ड
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको प्रतीक रहेको झापा अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतरा देखिएको बताएका छन् ।
हुलाकी मार्ग केन्द्रित जागरण अभियानको उद्घाटनका लागि झापा पुगेका उनले सोमबार पुराना कम्युनिस्ट नेताहरूलाई सम्मान गर्दै प्रतिक्रान्तिको खतराबाट जोगाउन अपील गरे ।
झापा विद्रोहका एक प्रमुख नेता तथा वर्तमान प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै प्रचण्डले प्रतिक्रान्ति हुने खतरा औँल्याएका हुन् ।
‘झापा हिजो एउटा विद्रोहको प्रतिकका रूपमा चिनिन्थ्यो । क्रान्तिको प्रतीकको रूपमा चिनिन्थ्यो । त्यतिबेला क्रान्तिकारी धारकै नेतृत्व तपाईंहरुले गर्नुभएको थियो । तर अहिले नेतृत्व पुँजीवादी धारतिर गइसकेको छ । क्रान्तिको धार छोडिसकेको छ । आज प्रतिक्रान्तिको खतराबाट जोगाउ म सबैलाई अपिल गर्छु । अब हामीले फेरि नयाँ समाजवादी क्रान्तिका निम्ति नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ । फेरी नयाँ एकता गर्नुपर्ने आवश्यकता छ’, उनले भने ।
अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र वेदनिधि निरौलालाई सम्मान गरेका छन् ।
यसैगरी प्रचण्डले नेपालकै होचो भूभाग केचनकवलमा नेपाली झन्डा फहराएका छन् । पर्यटकीय स्थानका रूपमा उच्च सम्भावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि उनले अपिल समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण