फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
काठमाडौंँ । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ ले ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ मा विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ । आइतबार साँझ सम्पन्न महनोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे उनलाई उक्त अवार्ड प्रदान गरे ।
अर्गानिक कथामा निर्माण भएको फिल्मले अवार्ड प्राप्त गर्दा खुसी लागेको लेखक तथा निर्देशक ऋषिराज आचार्यले बताए । कार्यक्रममा फिल्मकी अभिनेत्री आश्विनी साहले जुरी अवार्ड समेत प्राप्त गरिन् । आगामी चैत ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘द्रौपदी’ डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीका विभिन्न भेगमा छायाङ्कन गरिएको हो । ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भएको हो ।
फिल्ममा आश्विनी शाही, रवि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई ( सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ । फिल्मको कथा, पटकथा, सम्बाद र गीत समेत निर्देशन आचार्यको छ ।
अनिल महर्जनको सम्पादन, सौरभ शर्मा संगीत, मोहन कुमार झिल्लुका छायाङ्कन रहेको फिल्म आर बि मुभिजको ब्यानरमा बनेको हो । फिल्मका निर्माता आचार्य र प्रकाश ज्ञवाली हुन् । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट, एफडि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण